mp3 songs by bj sharma darpan

www.kushmabajar.blogspot.com

आर्थर डाँडाखर्क महोत्सब २०६७ मा सहभागी बनौं पर्यटन बर्ष २०११ लाई सफल पारौं-www.kushmabajar.blogspot.com

Tuesday 11 January 2011

सबै मिलेर सहयोग गर्ने प्रसंशनीय उदाहरण बनेका छन् -नाङलिवाङका महिलाहरु

पर्वत पुष २७ । सँधै चुलो चौको आदि घरधन्दामा रुमलिने पर्वत नाङलिवाङका महिलाहरु अहिले नियमित रुपमा बैठक बस्ने गाउँमा परेका समस्याहरुको बारेमा नियमित रुपमा छलफल गर्ने समुहका सदस्यलाई समस्या परे सबै मिलेर सहयोग गर्ने प्रसंशनीय उदाहरण बनेका छन् । महिलाहरुले तीन बर्षको अबधीमा आफु परिवार र समाज परिर्वतनका साथै आयआर्जन मार्फत आत्मनिर्भर समेत बन्न थालेका छन् ।
सो गाविसका ६ वटा महिला समुहका सदस्यहरुले आनीबानी परिर्वतन र आयआर्जन बढाउनका लागि चलाएको अभियानले सफलता पाएको छ ।
महिलाहरु नियमित रुपमा बचत गर्ने बानी समेत बसालेका छन् । महिलाहरुले गाउँमा सभा समारोह गर्नका लागि सामुदायिक भवन पशु पाल्नका लागि घर घरमा आधुनिक खोर अनि नियमित रुपमा बाटोघाटो पनि सफा गर्दै आएको नमुना जागरण महिला समुह नाङलीबाङ-२ की अध्यक्ष धनमाया थापा मगरले बताईन् । ुमुख खोलेर बोल्न नसक्ने महिलाहरु समाजमा पुरुष संग प्रतिष्पर्धा गर्न सक्ने भएका छौु उनको कथन थियो ।
विगतमा बजारबाट तरकारी किन्ने महिलाहरु घरघरमै तरकारी उत्पादन गरि बिक्री गर्न सफल भएका छन् । विगतमा तरकारी किनेर उपभोग गर्दै आएका थियौ समुहकी सहसचिव सन्तु थापाले भनिन् -ुअहिले तरकारी खाने मात्रै होइन बिक्री गरेर आम्दानी लिन पनि सफल भएका छौ ।ु महिलाले बाख्रा पालेर गतिलो आम्दानी समेत गर्न शुरु गरेका छन् । प्रत्येक महिलाहरुले बाख्रापालनबाट २० हजार देखि ४० हजार सम्म आम्दानी गर्न सफल भएका छन । सबैका घरमा बाख्रा रहेका छन । पशु उपहारलाई सबै सदस्यले निरन्तरता दिएका छन् ।
हेफर इन्टरनेशनल नेपालको सहयोग र चौतर्फी श्रोत विकास मन्चले विगत तीन बर्षदेखि संचालन गरेको उक्त कार्यक्रमले समाजको मुहार फेर्न सफल भएको संस्थाका अध्यक्ष गणेशबहादुर क्षेत्रीले बताए ।
यसैविच सोमवार स्थानीय विकास अधिकारी नरहरी बराल बरिष्ठ कृषि विकास अधिकृत चन्द्रकान्त खनाल पशु सेवा कार्यालयका पशु चिकित्सक रामजी पौडेल संचारकर्मी र संस्थाका प्रतिनिधिहरुले महिलाहरुले गरेको कामको अनुगमन गरेका छन् 

नेकपा एकीकृतले गरेको जनदबाब कार्यक्रम पर्वतका बिभिन्न स्थानमा सम्पन्न

पर्वत पुष २७ । सार्थक संविधान निर्माण र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि नेकपा एकीकृतले साचालन गरेको जनदबाब कार्यक्रम मंगलबार पर्वतका बिभिन्न स्थानमा सम्पन्न भएको छ । थप गरिएको समयसिमा भित्र सार्थक संविधान निर्माण र राष्ट्रिय स्वाधिनताको लागि भन्दै मगरात स्वशासित प्रदेशमा अभियान थालेको हेा ।
कार्यक्रममा बोल्दै नेकपा एकीकृतका पोलिटव्युरो सदस्य केवी गुरुङ्गले मुलुकलाई तीन ठुला दलले संकटतर्फ धकेलेको बताउनुभयो ।
उहाले संविधान निर्माणलाई बेवास्ता गर्दै सरकार निर्माणमा लागेर सिङ्गो देशलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाउनुभयो ।
कार्यक्रममा नेकपा एकीकृतका केन्द्रीय सदस्य चिरन पुनले आगामी जेठ १४ भित्र आम नेपालीका सम्पुर्ण समस्याहरुलाई सम्वोधन गर्ने खालको संविधान नेपाली जनताले पाउनुपर्ने बताउनुभयो । जनताको जनमत लिएर संविधानसभामा पुगेका ठुला दलका नेताहरु सत्ताका लागि छिमेकी देशको शरण लिन पुगेकोले मुलुक संकट तर्फ धकेलीएको उहाको भनाई थियो ।
कार्यक्रममा नेकपा एकीकृतका केन्द्रीय सदस्य डाचाराज वाग्लेले संविधान सभाको बैठकमा उपस्थितिनै नहुने दलका नेताहरुले सार्थक संविधान बनाउन नसक्ने बताउनुभयो । संविधान नबन्ने निश्चित प्रायः भैरहेकोले देश बचाउन तर्फ दलहरु लाग्नुपर्ने बताउनुभयो ।
सभालाई नेकपा एकीकृतका जिल्ल्ाा अध्यक्ष तेजेन्द्र पौडेलले समेत सम्व्ााेधन गर्नुभएको थियो । जनदबाब कार्यक्रम बडागाउँ प्रगतीचोक लोकतान्त्रिक चोक र शिवालयचोकमा सम्पन्न भएको थियो 

भवन भत्किँदा विद्यालयमा १२ जना विद्यार्थी घाइते

 दक्षिण पर्वतको लुंखुदेउराली गाविसको बुद्ध प्राथमिक विद्यालयको चारकोठे भवन भत्किँदा विद्यालयमा अध्ययनरत १२ जना विद्यार्थी घाइते भएका छ्न ।
पढाई सन्चालन भइरहेको समयमा सोमबार दिउँसो साढे १२ बजेको समयमा विद्यालयको कक्षा ४ को कोठा भत्किएपछि उक्त कक्षा अध्ययनरत १७ विद्यार्थी मध्ये १२ जना घाइते भएका हुन् ।
घाइते मध्ये युवराज हमाल र अन्जली सेवालाई गम्भिर चोट लागेको छ । उनीहरुको लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ भने अन्य १० जना बालबालिका प्राथमिक उपचार पश्चात् घर फर्केको स्थानीय शिक्षक जीवन उचै ठकुरीले जानकारी दिनुभएको छ । अन्य घाइते हुनेमा कक्षा ४ का इन्द्रकुमारी परियार एकबहादुर सुनार इन्दु परियार सुनिल विक सन्दिप क्षेत्री सन्तोष हमाल सुजन परियार र विशाल हमाल रहेका छन् ।
२०४६ सालमा बनेको उक्त विद्यालयको भवन विगत देखिनै जिर्ण बनेपनि आवश्यक आर्थिक स्रोतको अभावमा मर्मत हुन नसकेको र अहिले भत्किएको विद्यालयका शिक्षक श्यामबहादुर नेपालीले जानकारी दिनुभयो । विद्यालयमा स्थानीय १ सय १० जना बालिबालिकाले अध्ययन गर्दै आएका छन् 

गाउँमा परेका समस्याहरुको बारेमा नियमित रुपमा छलफल

पर्वत पुष २७ । सँधै चुलो चौको आदि घरधन्दामा रुमलिने पर्वत नाङलिवाङका महिलाहरु अहिले नियमित रुपमा बैठक बस्ने गाउँमा परेका समस्याहरुको बारेमा नियमित रुपमा छलफल गर्ने समुहका सदस्यलाई समस्या परे सबै मिलेर सहयोग गर्ने प्रसंशनीय उदाहरण बनेका छन् । महिलाहरुले तीन बर्षको अबधीमा आफु परिवार र समाज परिर्वतनका साथै आयआर्जन मार्फत आत्मनिर्भर समेत बन्न थालेका छन् ।
सो गाविसका ६ वटा महिला समुहका सदस्यहरुले आनीबानी परिर्वतन र आयआर्जन बढाउनका लागि चलाएको अभियानले सफलता पाएको छ ।
महिलाहरु नियमित रुपमा बचत गर्ने बानी समेत बसालेका छन् । महिलाहरुले गाउँमा सभा समारोह गर्नका लागि सामुदायिक भवन पशु पाल्नका लागि घर घरमा आधुनिक खोर अनि नियमित रुपमा बाटोघाटो पनि सफा गर्दै आएको नमुना जागरण महिला समुह नाङलीबाङ-२ की अध्यक्ष धनमाया थापा मगरले बताईन् । ुमुख खोलेर बोल्न नसक्ने महिलाहरु समाजमा पुरुष संग प्रतिष्पर्धा गर्न सक्ने भएका छौु उनको कथन थियो ।
विगतमा बजारबाट तरकारी किन्ने महिलाहरु घरघरमै तरकारी उत्पादन गरि बिक्री गर्न सफल भएका छन् । विगतमा तरकारी किनेर उपभोग गर्दै आएका थियौ समुहकी सहसचिव सन्तु थापाले भनिन् -ुअहिले तरकारी खाने मात्रै होइन बिक्री गरेर आम्दानी लिन पनि सफल भएका छौ ।ु महिलाले बाख्रा पालेर गतिलो आम्दानी समेत गर्न शुरु गरेका छन् । प्रत्येक महिलाहरुले बाख्रापालनबाट २० हजार देखि ४० हजार सम्म आम्दानी गर्न सफल भएका छन । सबैका घरमा बाख्रा रहेका छन । पशु उपहारलाई सबै सदस्यले निरन्तरता दिएका छन् 

Monday 10 January 2011

कास्केली सम्र्पक समाज बागलुङ गठन

पर्वत पुष २६ । पर्वतको छमर्केमा शनिबार सम्पन्न कास्केलीहरुको बनभोज सहितको भेलाले कास्केली सम्र्पक समाज बागलुङ गठन गरेको छ । कास्की जिल्लाबाट बागलुङमा आई बिभिन्न व्यवसाय पेशा व्यवसाय गरि बस्ने र बिभिन्न सरकारी तथा गैर सरकारी कार्यालयमा काम गर्ने कर्मचारीहरुको भेलाले भवनराज बरालको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको छ ।
समितिको उपाध्यक्षमा बिष्णु प्रसाद सुवेदी सचिवमा ज्ञानेन्द्र प्रसाद अधिकारी र कोषाध्यक्षमा मनोज घिमिरे रहनुभएको छ ।
सदस्यहरुमा नवराज अधिकारी धन बहादुर कार्की बुद्धि तिवारी प्रतिक्षा शर्मा दिपकराज बास्ताकोटी र सुवर्णराज ढुङ्गाना रहनुभएको छ । एक सदस्य समितिको पहिलो बैठकले मनोनित गरिने सचिव त्रिपाठीले जानकारी दिनुभयो ।
भेलाले सल्लाहकारमा खेम बहादुर थापा दिपेन्द्र भण्डारी र ऋषिराम भण्डारीलाई चयन गरेको जनाइएको छ ।

Sunday 9 January 2011

घरदैलो कार्यक्रम गरी जनजागरण कार्यक्रमको सुरुवात

पर्वत पुष २५ । ताजा जनादेशको लागि नयां चुनावको मिति घोषणा गर, शान्ति र संविधान लेखनलाई पूर्णता दिन सबै राजनैतिक शक्तिहरुका बीचमा नयां संझौता गर, हिन्दुराष्ट्र, सैवैधानिक राजसंस्था र संघीयताबारे जनमत संग्रह गर, महंगी, भ्रष्टाचार, बेरोजगारी, लोडसेडिङ् र असुरक्षाको अन्त्य गर आदी मागहरुप्रति आम जनाताको समर्थन र सद्भावका निमित्त राप्रपा नेपालले आज देखी राष्ट्रव्यापी जनजागरण कार्यक्रमको शुभारम्भ गरेको छ । यसै सिलसिलामा आजै राप्रपा नेपाल पर्वत जिल्ला शाखाले सदरमुकाम कुस्मा वजारमा आयोजना गरेको जनजागरण अभियानको केन्द्रिय सदस्य बिदुर खडकाले पार्टीको पोष्टर टांसेर शुभारम्भ गर्नु भयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै अर्का केन्द्रिय सदस्य नर बहादुर थापाले राप्रपा नेपालको तीन महिने जनजागरण अभियानको बारेमा प्रकाश पार्दै पार्टीको नीति कार्यक्रम र मागहरुलाई गाउ गाउमा पुगी जनस्तरमा लैजान सबै कार्यकर्तालाई आव्हान गर्नु भयो ।
जिल्ला सभापति ठाकुर प्रसाद भुसालको सभापतित्वमा भएको जनजागरण अभियान कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सचिव प्रकाश पौडेलले दिनु भएको थियो ।
यसैगरी राप्रपा नेपाल बागलुङले सदरमुकाम बागलुङ बजारमापनि आजै स्थानीय महेन्द्रपथ लोकतान्त्रिक चोकबाट जनजागरण अभियानको शुभारम्भ गर्दै बागलुङ बजारमा घरदैलो कार्यक्रम गरी जनजागरण कार्यक्रमको सुरुवात गरेको छ ।
केन्द्रिय सदस्य नर बहादुर थापाको नेतृत्वमा पार्टी कार्यकर्ताहरुको एक जुलुसले घरदैलो कार्यक्रम गरी जनजागरण सम्वन्धि पार्टीका पर्चाहरु वितरण गरेको थियो ।
पार्टीले यस घरदैलो कार्यक्रमलाई आगामी तिन महिना जिल्लाव्यापी रुपमा सन्चालन गरी पार्टीका मागहरुलाई जनस्तरसम्म पुराउने केन्द्रिय सदस्य खडकाले बताउनु भयो ।
स्मरणीय छ केन्द्रिय सदस्य थापा बागलुङ र खडकालाई क्रमशः बागलुङ र पर्वतका लागि केन्द्रबाट जनजागरण अभियानका लागि प्रतिनिधि तोकेको छ ।

आर्थर डाँडाखर्कको महोत्सवको सिआरबिटीबाट प्रचार


प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल पञ्चासे तथा आर्थर डाँडाखर्कको पर्यटन विकासका लागि आयोजित महोत्सवको सिआरबिटीबाट प्रचार गर्न थालिएको छ ।
आगामी माघ १ देखि ६ गतेसम्म सञ्चालन हुने आर्थर डाँडाखर्क महोत्सवको प्रचारप्रसारका लागि आयोजकले नेपाल टेलिकमका मोबाइलको सिआरविटी र एनसिएलका मोबाइलको पिआरविटि तयार पारेको हो । गाउँमा ४० हजार भन्दा बढी पर्यटक भित्राउने उद्देश्य सहित आयोजना गरेको महोत्सवको प्रचारका लागि कलर रिङ व्याक टोन तयार पारिएको आयोजकले जनाएको छ ।
नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताका लागि ०१३००२४२१५ र एनसिएल प्रयोगकर्ताका लागि ६०४२०१७० बाट रिङ्ग ब्याक टोन तयार गरिएको हेा । पञ्चकोशी युवा क्लव आर्थर डाडाँखर्क र पर्यटन बिकास समितिको आयोजनामा हन लागेको सो महोत्सवको तयारी त्रि्र रुपमा भैरहेको आयोजक समितिका मनोज गुरुङले जानकारी दिनुभयो । गाउँमा पर्यटक आउने भएकाले आर्थरलाई खुल्ला दिसामुक्त गाबिस समेत बनाइने भएको छ